प्रधानमन्त्रीलाई सुझाव : बिआरआईबारे बाेल्नुपर्छ, चीनसँग भारतकै जस्तो सम्बन्ध हुनुपर्छ
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले बीआरआइमा सम्बन्धमा भएको सहमति अनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताएका हुन्।
काठमाडाैं, भदाै २९ : नेकपा एमालेका नेता रघुजी पन्तले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई अघि बढाउने विषयमा कुरा राख्नुपर्ने बताएका छन्।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले बीआरआइमा सम्बन्धमा भएको सहमति अनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताएका हुन्।
त्यस्तै भारतमा मात्रै बिजली बेच्दा नेपाललाई दवावमा राख्न सक्ने भएकाले चीनमा पनि बिजुली बेच्न ट्रान्समिसन लाइन निर्माणमा जोड दिनुपर्ने उनले बताए। उनले चीनबाट नेपालमा आउन तीन–चार वटा नाकालाई सहज रुपमा सञ्चालनका लागि प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने धारणा राखे।
त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले दुवै मित्रराष्ट्रसँग राम्रो सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए। उनले भारतसँग खुल्ला सीमा, रितिरिवाज समान भए पनि चीनसँग पनि समान व्यवहारका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
त्यस्तै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा देशको राष्ट्रियता कायम गर्दै महत्वपूर्ण छलफल हुने बताए।
उनले क्रसबोर्डर कनेन्टीभिटी, व्यापार पारावाहनका क्षेत्रमा चीनसंँग महत्वपूर्ण समझदारी बन्ने आशा व्यक्त गरे। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा र त्यसपछि चीनको भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन्।











