Kathmandu Press

अन्तरपार्टी निर्देशनले नेकपा एसमा असन्तुष्टि उत्कर्षमा 

कार्यविभाजनमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरू राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्यागको घोषणा गरेका हुन्। मल्लले सक्रिय राजनीतिबाट बिदा लिने निर्णयमा पुगिएको बताएकी छन्।
अन्तरपार्टी निर्देशनले नेकपा एसमा असन्तुष्टि उत्कर्षमा 

काठमाडौं, भदौ २९ : नेकपा एकीकृत समाजवादीको कार्यविभाजनप्रति असन्तुष्टि चुलिएको छ। 

गत भदौ ५ देखि ७ गतेसम्म बसेको छैटौं केन्द्रीय कमिटी र भदौ १७ र १८ गते बसेको  सचिवालयको बैठकको निर्णय कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशनका कारण असन्तुष्टि बढेको हो। उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको ११ औँ अन्तरपार्टी निर्देशनपछि दुईजना केन्द्रीय सदस्यले राजीनामा दिएका छन्। 

कार्यविभाजनमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरू राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्यागको घोषणा गरेका हुन्। मल्लले सक्रिय राजनीतिबाट बिदा लिने निर्णयमा पुगिएको बताएकी छन्।

उनले दैलेख सहइन्चार्ज र क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी पाएकी छन्। फेसबुकमा उनले लेखेकी छन्, ‘राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन तर आजका मितिदेखि नेकपा (एकीकृत समाजवादी) पार्टीको सक्रिय राजनिीतिबाट विश्राम लिने निर्णय गरियो।’ 

यता लुम्बिनी प्रदेशसको सचिवको जिम्मेवारी पाएका गुरुङले पनि पार्टी परित्याग गरेको जानकारी गराएका छन्। नेताहरूको कार्यविभाजनमा अध्यक्ष नेपालले एकलौटी गरेको आरोप लागेको छ। पहिले इन्चार्ज भएकाहरूलाई सहइन्चार्ज र केहीलाई जिम्मेवारीबाटै हटाइएको जनाइएको छ।

केन्द्रीय कमिटीले कार्यादेश नै नदिएको र सचिवालय बैठकले गर्दै नगरेको निर्णय सर्कुलरका रूपमा पठाइएको आरोप समेत लागेको छ। उक्त पार्टीका सम्मानित नेता झलनाथ खनालका स्वकीय सचिव कृष्ण भट्टराईले पनि देशभरका कार्यकर्तामा उत्साह होइन, निराशा छाएको बताएका छन्।
 

प्रकाशित मिति: १६:२५ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्