Kathmandu Press

उच्च अदालतका लागि २७ जना न्यायाधीशमा सिफारिस 

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको परिषद स्रोतले जानकारी दिएको छ।
उच्च अदालतका लागि २७ जना न्यायाधीशमा सिफारिस 

काठमाडौं, भदौ २९ : न्याय परिषदको शुक्रबार बसेको बैठकले उच्च अदालतका लागि २७ न्यायाधीशको सिफारिस गरेको छ। 

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको परिषद स्रोतले जानकारी दिएको छ।

न्याय, कानुन, सरकारी वकिल, कानुन व्यवसायी र कानुन मन्त्रालयसहितका योग्यता पुगेका व्यक्तिलाई समेटेर न्यायाधीश नियुक्तिको सिफारिस गरिएको छ।

दुई वर्षदेखि उच्च अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको थिएन। नयाँ प्रधानन्यायाधीश श्रेष्ठले नियुक्ति हुने वित्तिकै उच्च अदालतको न्यायाधीशका लागि पहल गरेका थिए। 

परिषद् अध्यक्ष एवम् प्रधानन्याायधीश श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्याय परिषद्का दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद सिटौला संलग्न परिषद वैठकले निर्णय लिएको हो। अब सर्वोच्च अदालतका लागि पनि चाँडो निर्णय हुने जनाइएको छ। 

379446857_314864111097664_195242000576749168_n1694772907.jpg

प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्