Kathmandu Press

इन्जिनियरिङमा शुल्क बढाए आन्दोलन गर्ने विद्यार्थी संगठनहरूकाे चेतावनी

नेविसंघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन नेपालले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुसंग यसअघि भएको सहमति बिपरित इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
इन्जिनियरिङमा शुल्क बढाए आन्दोलन गर्ने विद्यार्थी संगठनहरूकाे चेतावनी

काठमाडाैं, भदाै २९ : इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै तीन विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नेविसंघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन नेपालले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुसंग यसअघि भएको सहमति बिपरित इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

यसअघि करिव ३ लाख रहेको शुल्कलाई बृद्धि गरी ७ लाख ७५ हजार पुराएपछि यसअघि आन्दोलित विद्यार्थीहरु र प्रशासनबीच तत्काल शुल्क वृद्धि नगर्ने सहमति भएकाे थियो। तर शुल्क समायोजन गर्न गठित ११ सदस्यीय समितिले पुन ५ लाख भन्दा बढी शुल्क लिन सिफारिस गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन्।

पत्रकार सम्मेलनमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानका कारण ६२/६३ मा पनि नरोकिएको इन्जिनियरिङको परिक्षा रोकिएको आरोप लगाए। उनले परिक्षालाई सहज रुपमा अघि बढाउन यसअघि विद्यार्थीहरुले संस्थानसंग सहमति गरेपनि सम्झौताको मसि सुक्न नपाउदै इन्जिनियरिङ अध्ययन संस्थानले पुन शुल्क वृद्धि गर्न खोजेको अरोप लगाए।

त्यस्तै अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले अहिले ५ लाख ५४ हजार शुल्क तोक्ने तयारी भइरहेको भन्दै विद्यार्थीहरुलाई स्वीकार्य नहुने स्पष्ट पारे। उनले संस्थानको सुधारका लागि आफुहरु प्रतिवद्ध रहेपनि विद्यार्थीहरुलाई मर्कामा पार्ने गरि गर्न लागिएको शुल्कवृद्धि कार्यान्वयन नगर्न सुझाव दिए।

संस्थानलाई घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुने गरी प्रवेश परीक्षा धकेल्ने षड्यन्त्र भइरहेको भन्दै उनीहरुले विद्यार्थी र संस्थानको भविष्यमाथि गम्भीर हुन पनि ध्यानाकर्षण गराएका छन्। 

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्