सुन तस्करी प्रकरणमा छानबिन गर्न आयोग गठन प्रक्रिया अघि बढिसक्याे : प्रधानमन्त्री दाहाल

काठमाडौं, भदौ २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय आयोग गठनको प्रक्रिया अघि बढिसकेको बताएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो जानकारी गराएक हुन्। ‘सुन प्रकरणमा सिआइबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेको छ,’ उनले भने, ‘यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अगाडि बढेको छ।’ दलहरुबीच एक महिनाअघि सआईबीले अनुसन्धान पूरा गरेपछि उच्च स्तरीय आयोग बनाउने सहमति भएको थियो।
यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणलाई पनि सरकारले गम्भीर रुपमा लिएको र आक्रमणकारीलाई कारबाही प्रक्रिया अघि बढेको उनलु बताए। यस्ता घटना दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











