अत्यन्त छोटो समय रहेका कारण न्युयोर्कबाट सिधै चीन जान लागेकाे हुँ : प्रधानमन्त्री

काठमाडौं, भदौ २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनको हाङजाओमै भेटवार्ता गर्ने भएका छन्।
आजको प्रतिनिधिसभा बैठकमा अमेरिका र चीन भ्रमणबारे जानकारी दिँदै उनले चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता हुने जानकारी दिएका हुन्। समयाभावका कारण अमेरिकाबाट सिधै चीन जान लागेको उनले बताए।
‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो,’ उनले भने। उनले भ्रमण टोली सानो बनाइएको पनि बताए।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन उनी भदौ ३० गते अमेरिका जाँदैछन्। सेप्टेम्बर २१ महासभालाई सम्बोधन गरेर उनी असोज ५ मा न्युयोर्कबाटै चीन जाने कार्यक्रम छ। उनी १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन्।
सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको उनले सुनाए।











