Kathmandu Press

बाल अधिकार सुनिश्चितताका लागि सबै तवरले काम गर्न आवश्यक छ : उपप्रमुख डंगोल 

महानगरपालिकाद्वारा आयोजित बाल दिवस विशेष कार्यक्रममा उनले यसका लागि सरकारी र संघ संस्थाले उत्तिकै जिम्मेवार भएर काम गर्नु पर्ने बताइन्। 
बाल अधिकार सुनिश्चितताका लागि सबै तवरले काम गर्न आवश्यक छ : उपप्रमुख डंगोल 

काठमाडौं, भदाै २९ : काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि धेरै काम गर्न आवश्यक भएको बताएकी छन्। 

महानगरपालिकाद्वारा आयोजित बाल दिवस विशेष कार्यक्रममा उनले यसका लागि सरकारी र संघ संस्थाले उत्तिकै जिम्मेवार भएर काम गर्नु पर्ने बताइन्। 

‘बाल दिवसको कुरा गरिरहँदा बालबालिकाको हक अधिकारको कुराहरु गर्छौ’ उपप्रमुख डंगोलले भनिन्, ‘बालबालिकाले आनन्दले बस्न र बाच्न पाउने अधिकार सुनिश्चित गर्ने, गाँस, बास कपास र शिक्षालगायत अधिकारहरुको सुनिश्चित गर्नुपर्छ। यसका लागि सरकारी र संघ संस्थाको तरवरबाट काम गर्नु पर्छ।’

इतिहासलाई खोतल्दै जाने हो भने बाल अधिकारका लागि धेरै अघिदेखि संघर्ष गर्दै आएको उनको भनाइ छ। उनले बालबालिकाहरुले पनि अधिकार र कर्तव्यलाई सँगसँगै लानुु पर्ने बताइन्। 
 
प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्