Kathmandu Press

बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावितद्वारा सहमति कार्यान्वयन गर्न माग

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएको हो।
बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावितद्वारा सहमति कार्यान्वयन गर्न माग

काठमाडौं, भदाै २९ : बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले सरकारले माग सम्बोधन नगरेको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेको छ। 

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएको हो। महानगरपालिकाले सत्य तथ्य लुकाउने उद्देश्यले गन्ध निरोधक औषधि प्रयोग गरेर प्रभावित क्षेत्र दूषित तथा नकारात्मक प्रभाव नरहेको भन्ने प्रतिवेदन लेखन गर्न दबाब गरेको बुझिएको भन्दै समितिले त्यस्तो कार्य मानवताविरोधी अपराध ठहर गर्दै अन्तराष्ट्रिय विधिविज्ञान प्रयोगशालाद्वारा प्रदूषण मापन गर्न सम्बन्धित मन्त्रालय तथा नेपाल सरकारलाई अनुरोध समेत गरेको छ। 

२०७१ जेठ २३ गते काठमाडौ महानगरपालिका र स्थानीय जनप्रतिनिधिहरुले मध्यरातमा गरेका सहमतिहरु ३ महिनाभित्रमा कार्यान्वयन अनिवार्य रुपमा गर्नुपर्ने समितिको भनाइ छ।

यसैगरी, २०६२ सालदेखि २०८० सम्मको अवधिमा फोहोरमैला दुवानी प्रयोजनका सवारी साधनहरुले लापरबाहीका कारणबाट दुर्घटना गराएर मारिएका मानिसका परिवारहरुको एक–एकजनालाई सेवामा नियुक्ति गर्नुपर्ने जस्ता ७ वटा प्रस्ताव महानगरपालिकाले कार्यान्वयन गर्नुपर्ने समितिले माग गरेको छ।

प्रकाशित मिति: १३:११ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्