Kathmandu Press

दीपक–दीपाको सिनेमा हल’ आजदेखि सञ्चालनमा

काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो। कार्यक्रममा दीपकराज गिरीले निर्माता र प्रदर्शकमा फरक भएको बताए।
दीपक–दीपाको सिनेमा हल’ आजदेखि सञ्चालनमा

काठमाडौं, भदाै २९ : कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको आईएनआई सिनेमा हल आजबाट सञ्चालनमा ल्याइएको छ। 

काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार कार्यक्रम आयोजना गरी हल सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो। 
कार्यक्रममा दीपकराज गिरीले निर्माता र प्रदर्शकमा फरक भएको बताए।

Hardik ivf

Photo (4) (1)1694759638.jpg

उनले भने, ‘यो निकै गाह्रो कुरा हो। सिनेमा निर्माण र प्रदर्शनको व्यापार एउटै भए पनि गर्न कठिन छ। निर्माता र प्रदर्शक फरक कुरा हो।’ कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एकजना कलाकारले मिहिनेत गर्यो भने सिनेमा हलको मालिक पनि हुन सक्ने रहेछ भन्ने सन्देश प्रवाह भएको बताए। 

उनले भने, ‘यो सबै चलचित्रमकीहरुको लागि एकदम राम्रो सन्देश हो र व्यवसायीहरुका लागि पनि राम्रो सन्देश हो। आउने दिनमा चलचित्र क्षेत्रमा आएको आर्थिक समस्या विस्तारै सुध्रिएर जानेछ।’

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपक र दीपाश्री एवं उनीहरुको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्यााएका हुन्। दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट छन्। निर्माण लागत करिब १० करोड रहेको छ।

Photo (7) (1)1694759592.jpg

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्