Kathmandu Press

‘मलाई बालबालिका प्यारा लाग्छन्’

अध्यक्ष ओलीले सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना भन्दै व्यक्त गर्दै भविष्य प्यारो हुने भएर होला आफूलाई बालबालिका प्यारा लाग्ने उल्लेख गरेका छन्।
‘मलाई बालबालिका प्यारा लाग्छन्’

काठमाडौं, भदाै २९ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई बालबालिका प्यारा लाग्ने बताएका छन्।

५९औं राष्ट्रिय बाल दिवस २०८०को अवसरमा सम्पूर्ण बालबालिकाहरूमा उज्ज्वल भविष्यको लागि शुभकामना दिँदै उनले यस्तो बताएका छन्

समाजिक सञ्जालमा बालबालिकासँगको फोटो पोस्ट गर्दै अध्यक्ष ओलीले सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना भन्दै शुभकामना व्यक्त गरेका छन्। उनले भविष्य प्यारो हुने भएर होला आफूलाई बालबालिका प्यारा लाग्ने उल्लेख गरेका छन्।

‘म कहिलेकाहीँ सोच्छु– म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन् ! अन्तिममा म आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु,’ ओलीले लेखेका छन्, ‘म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ । यिनीहरुसँग लामो समय छ । हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ– मलाई बालबालिका प्यारा लाग्छन् । आज बाल दिवस– सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना!’

 

प्रकाशित मिति: ११:३० बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्