Kathmandu Press

नेकपा एमालेले गर्यो नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

बैठकमा अध्यक्ष केपी ओली शर्माले आफनो दायाँपट्टि सोफाको सधैं बस्ने स्थान खाली राखेर भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनु परेको बताए।
नेकपा एमालेले गर्यो नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं, भदाै २८ : नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य एवं पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

उक्त बैठकमा अध्यक्ष केपी ओली शर्माले आफनो दायाँपट्टि सोफाको सधैं बस्ने स्थान खाली राखेर भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनु परेको बताए।

उनले देश, जनता र पार्टीप्रति गरेको त्याग कहिले नभुल्ने र यो नेम्वाङको निधन सबैको लागि ठूलो क्षति भएको बताए।

 

प्रकाशित मिति: १९:१० बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्