नेपाली युवतीकाे हत्या आरोपमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ
श्रेयाको शव आइतबार बिहान देहरादुनस्थथित प्रहरी कार्यालय सडक क्षेत्रसँगै रहेको सिलवारगढ किनारको नालामा भेटिएको थियाे।
काठमाडौं, भदौ २८ : नेपालकी युवतीको हत्या अभियोगमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्याय पक्राउ परेका छन्। उनलाई गत मंगलबार अदालतमा हाजिर गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अदालतले आरोपी लेफ्टिनेन्ट कर्णेललाई १४ दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। नेपाली युवती ३० वर्षीया श्रेया शर्माको गत शनिवार हत्या भएको आशंका गरिएको छ । उनको बुधवार मात्र पोस्टमार्टम गरिएको थियो।
श्रेयाको शव आइतबार बिहान देहरादुनस्थथित प्रहरी कार्यालय सडक क्षेत्रसँगै रहेको सिलवारगढ किनारको नालामा भेटिएको थियाे।
छानबिनपछि देहरादुन पुलिसले कर्णेल रामेन्दु उपाध्यायलाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पक्राउ उपाध्यायले श्रेयाको हत्या आफूले गरेको साविती बयान प्रहरीलाई दिएका छन्।
शनिबार राति मदिरा खुवाएर श्रेयालाई यात्रामा जाने भन्दै गाडीमा हालेर लगेको जनाइएको छ । गाडी जंगलक्षेत्रमा पु¥याएर हथौडाले प्रहार गर्दै हत्या गरिएको थियो।
मृतक तनहुँको भानु नगरपालिका–६ चोक चिसापानी निवासी सुमित्रा घर्ती (श्रेया शर्मा) रहेको र कर्णेल उपाध्यायसँग पश्चिम बंगालको सिलिगुडीको एक डान्सबारमा भेट भएको संचारमाध्यमले जनाएका छन् ।











