Kathmandu Press

ढाकाकुमारले पार्टीका नेतामाथि उठाएका विषयमा अनुसन्धान सुरु गरिएकाे छ : सन्ताेष परियार

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले श्रेष्ठले पार्टीका नेताहरुमाथि लगाएको आरोपका सम्वन्धमा गम्भीर रुपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही गर्ने समेत बताए।
ढाकाकुमारले पार्टीका नेतामाथि उठाएका विषयमा अनुसन्धान सुरु गरिएकाे छ : सन्ताेष परियार

काठमाडाैं भदाै २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरुमाथि उठाएका विषयमा गम्भीर रुपमा अनुसन्धान सुरु गरेको बताएका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले श्रेष्ठले पार्टीका नेताहरुमाथि लगाएको आरोपका सम्वन्धमा गम्भीर रुपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही गर्ने समेत बताए।

उनले जिम्मेवार पार्टी भएकाले श्रेष्ठले राखेका कुरालाई पार्टीले गम्भीर रुपमा लिएको र अनुसन्धानमा कुनै व्यक्ति बिशेषको नाम आएपनि अनुसन्धान नरोकिने जिकिर गरे।

रास्वपाबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेको बताएका थिए। श्रेष्ठको अभिव्यक्तिपछि रास्वपाले यसअघि नै ३ करोड प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर आउन आव्हानसमेत गरिसकेको छ। 

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्