नेकपा एसले गर्यो जिम्मेवारी बाँडफाँट, कसलाई के जिम्मेवारी?
अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानीमा जिम्मेवारी बाँडफाँटबारे उल्लेख छ। (1)1694687044.jpg)
काठमाडौं, भदाै २८ : नेकपा एकीकृत समाजवादीले केन्द्रीय अयोग र विभागमा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ।अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानीमा जिम्मेवारी बाँडफाँटबारे उल्लेख छ।
गत भदौ ५–७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी थपघट गरेको हो। विभागीय कार्यको जिम्मेवारीमा सम्मानित नेता झलनाथ खनालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। संगठन विभाग प्रमुखमा डा. वेदुरम भुसाल र संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र प्रसाद पाण्डेलाई दिइएको छ।
एसले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटिका सदस्यलाई इन्चार्ज बनाउने गरि कार्यविभाजन गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको नेतृत्व गर्ने र महासचिव घनश्याम भूसालले सांगठनिक कार्यको अनुगमन गर्ने गरि नेकपा एसले पार्टीका नेता तथा सदस्यहरुको कार्यविभाजन गरेको हो।
यस्तै बैठकले केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय परिषद् सदस्य र केन्द्रीय विभागहरूको सदस्यमा मनोनीत गरेको छ।
1694686988.jpg)
1694686965.jpg)
1694686965.jpg)
1694687016.jpg)
1694687007.jpg)
1694687005.jpg)
1694686988.jpg)











