Kathmandu Press

नेम्वाङको निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति

नेम्वाङको निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति

काठमाडौँ, भदौ २८ : नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले संविधानसभाका अध्यक्ष एवं सो पार्टीका उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठुलो पीडा र क्षति पुगेको जनाएको छ। 

आयोगका अध्यक्ष केशव बडालले जारी गरेको शोक वक्तव्यमा नेम्वाङ राष्ट्रिय राजनीतिमा सहमतिका एक सूत्रधार रहुनुभएको उल्लेख छ। संविधान निर्माणका अगुवा नेम्वाङ सरल, मृदुभाषी, शालीन र राष्ट्रिय सहमतिका सर्जक वरिष्ठ राजनीतिज्ञ र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गरेका व्यक्तित्व भएकाले उनले विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि देखाएको विशिष्ट क्षमताको स्मरण गरिएको छ। 

'अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न नेम्वाङले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभाएको थियो,' वक्तव्यमा भनिएको छ, 'नेपालको सामाजिक आर्थिक रुपान्तरणको अभियानमा अविचलित रूपमा उभिनुभएका नेम्वाङको असामयिक देहावसानले उनको परिवार, पार्टीका र देशलाई क्षति पुगेका छ। उनले राष्ट्र र जनताको हितमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनका असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने संकल्प गर्दछौं।’

प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्