Kathmandu Press

राष्ट्रियसभा बैठक : नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

राष्ट्रियसभा बैठक : नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडाैं, भदाै २८ : राष्ट्रियसभाले संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। 

बिहीबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

भदौ २६ गते हृदयाघातका कारण निधन भएका नेम्वाङको बिहीबार नै अन्त्येष्टि गरिएको छ। राष्ट्रियसभाको अर्को बैठक असोज १२ गते बोलाइएको छ।   

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्