Kathmandu Press

नेकपा एस केन्द्रीय सदस्यमा सुदेश पराजुलीसहित २१ जना मनोनीत

नेकपा एसले अपानी जारी गरेर साे जानकारी दिएकाे हाे।
नेकपा एस केन्द्रीय सदस्यमा सुदेश पराजुलीसहित २१ जना मनोनीत

काठमाडौं, भदाै २८ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले २१ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। नेकपा एसले अपानी जारी गरेर साे जानकारी दिएकाे हाे।

नेकपा एसकाे केन्द्रीय कमिटीको बैठक भदाै ५ देखि ७ सम्म बसेको थियाे। पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियुको पूर्वअध्यक्ष सुदेश पराजुली पनि परेका छन्।

मनाेनीत हुने सदस्यमा अजबहादुर मल्ल (बाजुरा),, ओमचरण अमात्य (भक्ततपुर), गौतम राई (काठमाडौं), गोविन्द चेपाङ  (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा), दीपक केसी (काठमाडौं),  धनबहादुर कार्की (दोलखा),  धर्म शाही (मुगु), नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख),  बैकुण्ठ भुसाल (पर्वत) छन्।

त्यस्तै भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर),  रामप्रसाद ढुंगाना (काठमाडौं), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व),  शिवकुमारी खनाल (काठमाडौं), शैलेन्द्र उपाध्याय (रूपन्देही) पनि मनाेनित सदस्य हुन्।

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्