आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिँदै
शालीन नेताकाे छवि बनाएका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा ठूलो भीड लागेको छ।
काठमाडाैं, भदाै २८ : सोमबार राति हृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ।
बालुवाटारस्थित निवासबाट नेम्वाङको शवलाई शवयात्राससित बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइएको थियो।
शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली अघि-अघि र शव बोकेको गाडी पछि-पछि छ । यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी छन् ।
नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन आर्यघाटमा ठूलो भीड लागेको छ।
प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











