Kathmandu Press

सुरु भयो सुवास नेम्वाङको शवयात्रा

सेनाले सलामी दिएपछि बालुवाटारस्थित निवासबाट शव यात्रा सुरु भएको छ।
सुरु भयो सुवास नेम्वाङको शवयात्रा

काठमाडौं, भदौ २६ : सोमबार राति हृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ।

उनको अन्त्यष्टिअघि अहिले शव यात्रा सुरु भएको छ। सेनाले सलामी दिएपछि बालुवाटारस्थित निवासबाट शव यात्रा सुरु भएको छ।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा आउने बताइएको छ।

नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने बताइएको छ। सरकारले आज नेम्वाङको सम्मानमा आज शोक विदा दिएको छ।

प्रकाशित मिति: १०:५३ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्