छन्त्यालहरुको संस्कृती झल्कने गीत बजारमा (भिडियो)
मुलतः छन्त्याल समुदायका मेला, महोत्सव र आफ्नो जातीय पहिचानका लागि छन्त्यालले यस्तो गीतको रचना गरेका हुन् । गीतमा शब्द र संगीत स्वयंम युवराज छन्त्यालले दिएका छन् । गीतको स्वरमा सरिता छन्त्याल र जया छन्त्याल गायक युवराजलाई साथ दिएका छन् ।
काठमाडौं, भदौ २८ : गायक युवराज छन्त्यालले आफ्नै समुदायको संस्कृती झल्कने ‘छन्त्याल परे म त’ बोलको गीत बजारमा ल्याएका छन् ।
मुलतः छन्त्याल समुदायका मेला, महोत्सव र आफ्नो जातीय पहिचानका लागि छन्त्यालले यस्तो गीतको रचना गरेका हुन् । गीतमा शब्द र संगीत स्वयंम युवराज छन्त्यालले दिएका छन् । गीतको स्वरमा सरिता छन्त्याल र जया छन्त्याल गायक युवराजलाई साथ दिएका छन् ।
अमृत, कोपिला, मनोहर, कृष्ण , गगाँ, जमुना, लिनिसा र सृजना छन्त्यालले गीतको भिडियोमा अभिनय गरेका छन् । भिडियोमा सिवन पोखरेलको कोरियोग्राफी र निर्देशन रहेको छ । अधिनायक मान सेरचनले सम्पादन गरेको भिडियो महेश महराले खिचेका हुन् ।
लामो समयदेखि रोजगारीको सिलसिलामा प्रवासमा रहेका छन्त्यालले लोकगीत संगीतलाई माया गर्ने सर्जकमा पर्दछन् । केहि समयअगाडी मात्र छन्त्यालले नाच्न मन लाग्छ, गाउँको माया लाग्छ र ‘पैसा वाला हेर्छन’ बोलको गीत सार्बजनिक गरेका थिए ।