Kathmandu Press

टाइम म्यागेजिनको विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन 

पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ।
टाइम म्यागेजिनको विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेन 

काठमाडौं, भदौ २८ : टाइम म्यागेजिनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सन् २०२३ मा सय उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको छ । 

म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो ।

पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ।

बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरिएको छ । बालेनले फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याएको टाइम म्यागेजिनको भनाइ छ । 

प्रकाशित मिति: ०८:३५ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्