यो देशमा तस्कर र भ्रष्ट मात्रै बाँच्न सक्ने अवस्था सिर्जना भएको छ : ज्ञानेन्द्र शाही
बुधबार काठमाडौंमा आयोजित राप्रपाको उपत्यका केन्द्रीत विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई भ्रष्ट र तस्करको देशको रुपमा विकशित गरिएको भन्दै असल मानिस देश छोड्न बाध्य भएको बताए।
काठमाडौं, भदौ २७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा तस्कर र भ्रष्टमात्रै बाँच्न सक्ने अवस्था सिर्जना भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित राप्रपाको उपत्यका केन्द्रीत विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई भ्रष्ट र तस्करको देशको रुपमा विकशित गरिएको भन्दै असल मानिस देश छोड्न बाध्य भएको बताए।
‘१२ हजार भन्दाबढीले जागिर छोड्दै छन् । यो देशमा तस्कर र भ्रष्टमात्रै यदी कोही भ्रष्टचारी कर्मचारी छ भने मात्रै बाच्न सक्छ, इमान्दार कर्मचारी यो देशमा बाच्न सक्दैन त्यस्तो अवस्था सिर्जना भएको छ,’ उनले भने।
२०८४ मा चुनाव जितेर मात्रै पनि कुनै उपलब्धि नहुने बताए बताउँदै उनले जो सुकै आएपनि परिर्वतनको आभास नहुने हो भने त्यसको कुनै अर्थ नहुने बताए।
‘हिजो अरु थिए, आज हामी छौं । परिर्वतन के भयो? जनताको जीवनमा के परिर्वतन भयो,’ उनले भने, ‘हामीले विदेश जानेलाई रोक्न सक्यौं? कोही अन्यायमा परेकोलाई न्याय दिन सक्यौं? बालुवाटार काण्ड खाने माधव नेपाल र बाबुरामलाई थुन्न सक्यौं? त्यो हुनाले ठुलालाई चैन र सानालाई ऐनको यो परम्परालाई तोड्न जरुरी छ।’
उनले नेपाल सनातन हिन्दु राष्ट्र रहेको र भोलि पनि रहने जिकिर गरे।











