Kathmandu Press

देशलाई दुर्घटनाबाट जोगाउन राजालाई स्पेस दिनुपर्छ : लिङ्देन

पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरुलाई आग्रह समेत गरे।
देशलाई दुर्घटनाबाट जोगाउन राजालाई स्पेस दिनुपर्छ : लिङ्देन

काठमाडाैं,भदाै २७ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गरेर राजालाई स्पेस दिनुपर्ने बताएका छन्।

पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरुलाई आग्रह समेत गरे।

उहाले २०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आएको भन्दै यहि गलत बाटोलाई अघि बढाउन खोजे देश गम्भीर दुर्घटनामा फस्ने धारणा राखे। देश र जनताप्रति माया सुध्रिनका लागि कांग्रेस, एमाले र माओवादीलाई सुझाव दिदै लिङद्नले सुध्रने संकेन नदेखिए राप्रपाले नयाँ संघर्षको नेतृत्व गर्ने चेतावनी दिए।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र प्रदेश तह खारेज गर्नुपर्ने बताए। जनतालाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको भारी बोकाइएको र देशलाई दलहरुले सिण्डिकेटको शिकार बनाएकाले त्यसलाई उल्टाउन जनता काठमाडौं घेर्न तयारी गरिरहेको उनले बताए। उनले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै बिकल्प नहुने भन्दै उहाले त्यस्तो अवस्था आउन नदिन दलहरु नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने धारणा राखे।

उहाले धार्मिक द्वन्द्व निम्त्याउनको लागि धर्म निरपेक्षता ल्याइएको जिकिर गरे। गणतन्त्रका पक्षधर नेपालका सबैभन्दा जेठोदेखि कान्छो पार्टी एउटै कित्ताको भएको बताउँदै उनीहरुबाट देशमा समृद्धि सम्भव नरहेको उहाले बताए। 

प्रकाशित मिति: १७:३२ बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्