Kathmandu Press

नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा

नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा

काठमाडाैं, भदाै २७ : एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा राखिएको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म राखिएको उनको पार्थिव शरीरलाई बुधबार दिउँसो बालुवाटारस्थित निवासमा राखिएको हो ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

मंगलबार बिहान हृदयाघातका कारणले निधन भएका नेता नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ। 

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्