सुन तस्करी प्रकरणमा ६ जनालाई मुद्दा नचलाउन सिआइबीको राय
मुद्दा नचलाउन राय दिइएका पक्राउ व्यक्तिमा भन्सारका कर्मचारी श्रीधर टण्डन, भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, कमल परियार र सुरेन्द्र तामाङ छन्। यी व्यक्ति सिआइवीको हिरासतमै छन्।
काठमाडौं, भदौ २७ : सुन तश्करी प्ररकणमा पक्राउ ६ जनाविरुद्ध मुद्दा नचलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकीललाई राय दिएको छ।
६१ किलो सुन प्रकरणमा पक्राउ परेका उनीहरु निर्दोष देखिएको भन्दै प्रतिबादी नबनाउन छानविन प्रतिवेदनमा राय दिइएको हो।
मुद्दा नचलाउन राय दिइएका पक्राउ व्यक्तिमा भन्सारका कर्मचारी श्रीधर टण्डन, भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, कमल परियार र सुरेन्द्र तामाङ छन्। यी व्यक्ति सिआइवीको हिरासतमै छन्।
गत साउन २ गते हङकङबाट भित्रिएको ६१ किलो उक्त सुन तश्करी प्रकरणमा ३२ जना पक्राउ परेका थिए। १८ जना अझै फरार छन्। पक्राउ परेकामध्ये नौ जना विदेशी छन्।
१४ जना विदेशीलाई फरार देखाएर सिआइवीले सरकारी वकील समक्ष प्रतिवेदन पेश गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवेदन रुजु गरेर आगामी आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।