ढाकाकुमारले रकममा पोलेपछि रास्वपाका थापा पनि छानबिनमा तानिए
श्रेष्ठ र थापा दुवै रास्वपा सभापति लामिछाने निकट हुन्। थापाले मन्त्री बनाउँछु भनेर ३ करोड रुपैयाँ मागेको भन्दै श्रेष्ठले पोलेपछि थापा पनि अनुसन्धानमा तानिएका हुन्।
काठमाडौं, भदौ २७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रकम विवादमा मुछिएका केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान थालेको छ। यसअघि रकम विवादमा परेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले थापालाई पोलेपछि छानविन थालिएको हो।
रास्वपाले बर्खास्त गरेका श्रेष्ठ र थापाबीच रकममा कनेक्सन रहेको आशंकासहित छानबिन सुरु भएको हो। श्रेष्ठ र थापा दुवै रास्वपा सभापति लामिछाने निकट हुन्। थापाले मन्त्री बनाउँछु भनेर ३ करोड रुपैयाँ मागेको भन्दै श्रेष्ठले पोलेपछि थापा पनि अनुसन्धानमा तानिएका हुन्।
रास्वपा स्रोतले जनाए अनुसार अनुशासन आयोगले थापासँग अनुसन्धान शुरु गरेको हो। रास्वपाका समानुपातिक सांसद श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।
त्यसपछि श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिएको थियो। प्रसाईंसँग माग भएको रकम प्रकरणमा रास्वपा केन्द्रीय सदस्य थापासमेत तानिएका हुन्।











