कांग्रेस बैठक असोज ४ का लागि सारियो

काठमाडौं, भदौ २७ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ४ गते बस्ने तय भएको छ ।
आगामी असोज २ गतेका लागि तय भएको वैठक ४ गतेका लागि सारिएको हो। नेपाली कांग्रेसले एक विज्ञप्तिमार्फत असोज ४ गते दिउँसो १ बजेका लागि बैठक सारिएको जनाएको छ।
नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बैठक सरेको जानकारी गराइएको छ ।
मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘२०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका अनुरोध समेत गरिएको छ ।
प्रकाशित मिति: १५:२३ बजे, बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











