Kathmandu Press

भ्रष्टाचार काण्डको पूर्ण छानबिनलगायत माग राख्दै राप्रपाकाे विरोध प्रदर्शन

भ्रष्टाचार काण्डको पूर्ण छानबिनलगायत माग राख्दै राप्रपाकाे विरोध प्रदर्शन

काठमाडाैं, भदाै २७ : गौवंश हत्याको विरोध, भ्रष्टाचारका काण्डको पूर्ण छानबिन गर्नुपर्ने लगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रित विरोध प्रदर्शन गरेको छ।

भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दवावका साथै गौवंश हत्या रोक्नुपर्ने भन्दै राप्रपाले काठमाडौंको भृकुटिमण्डपबाट शान्तिबाटकासम्म विरोध र्यालीसहित प्रदर्शन गरेको हो।

उनीहरुले गौ हत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर, गणतन्त्र खारेज, विदेशी दलाल होसियार लगातका नारा लगाएका थिए।

हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दवाव दिन पनि विरोध प्रदर्शन गरिएको राप्रपाले जनाएको छ। विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा प्रकाश चन्द्र लोहनीलगायतका शीर्ष नेताहरु पनि सहभागी भएका थिए। 

प्रकाशित मिति: १५:२३ बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्