Kathmandu Press

नेम्वाङकाे अन्तिम संस्कार भाेलि ११ बजे पशुपति आर्यघाटमा

उनकाे अन्तिम संस्कार भाेलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित गरिनेछ। अन्तिम संस्कारको दिन सरकारले देशैभर सार्वजनिक बिदासमेत दिएको छ।
नेम्वाङकाे अन्तिम संस्कार भाेलि ११ बजे पशुपति आर्यघाटमा

काठमाडाैं, भदाै २७ : एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति बुधबार विभिन्न दलका नेता कार्यकर्ता, शुभेच्छुक आफन्तजनलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन्।

बुधबार एमाले पार्टी कार्यालय च्यासलमा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो। अहिले उनको पार्थिव शरिरलाई बालुवाटारस्थित घर लगिएको छ। मंगलबार दिउँसोदेखि आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो।

पार्टी कार्यालयमा नेता श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत नेता तथा कार्यकर्ता एवं सर्वसाधारण पुगेका थिए। 

निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। उनकाे मंगलबार निधन भएकाे थियाे। नेम्वाङका दुवै छोरा नेपाल आएका छन्।

उनकाे अन्तिम संस्कार भाेलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित गरिनेछ। अन्तिम संस्कारको दिन सरकारले देशैभर सार्वजनिक बिदासमेत दिएको छ।

 

 

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्