Kathmandu Press

तस्करीको सुन नेपालबाट भारततर्फ, तीन मुलुकका बिचौलिया सक्रिय 

तस्करीको सुन नेपालबाट भारततर्फ, तीन मुलुकका बिचौलिया सक्रिय 

काठमाडौं, भदौ २७ : पछिल्लो समय हवाई मार्ग हुँदै भइरहेको सुन तस्करी अवैध मार्गबाट भारत पुग्ने गरेको निष्कर्ष नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्युरो (सीआईबी) ले निकालेको छ। 

हङकङलाई ट्रान्जिट बनाएर नेपाल हुँदै सुन तश्करी हुने गरेको सिआइवीको अनुसन्धानले देखाएको छ। करिब ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ दिन लामो अनुसन्धानपछि फाइल सरकारी वकील कार्यालयमा पेस गरिसकेको छ। सुन तश्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई प्रतिवेदनसहितको राय दिएको छ। 

तश्करीबाट ल्याइएको ६१ किलो सुन साउन ३ गते बरामद भएको थियो। सिआइवीको अनुसन्धानबाट हङकङमा तीनवटा र नेपालमा पाँचवटा कम्पनी नै खडा गरेर कार्गोमार्फत भारततर्फ सुन तस्करी हुने गरेको तथ्य फेला परेको हो।

हङकङबाट चिनियाँ नागरिकहरुको नेपालमा सुन पठाउने गरेका थिए। ताइवानका नागरिक  पनि सुन तस्करीमा मुछिएका छन्। अनुसन्धानबाट तश्करीको सुन भारतसम्म पुर्‍याउन भारतीय नागरिकहरु पनि संलग्न रहेको पाइएको छ। 

सीआईबीका अनुसार पक्राउ परेका ९ विदेशीसहित ३२ जना र फरार १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिईएको छ। 

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्