Kathmandu Press

पहिलोपल्ट पाठेघरको मुखको क्यान्सरको खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै खोपको शुभारम्भ गरेका हुन्।
पहिलोपल्ट पाठेघरको मुखको क्यान्सरको खोप

काठमाडौं, भदौ २७ : बुधबारबाट नेपालमा पहिलोपल्ट पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा भ्याक्सिन क्यारियर हस्तान्तरण गर्दै खोपको शुभारम्भ गरेका हुन्। 

उक्त अवसरमा धुम्बाराहीकी १४ वर्षीया किशोरी आइरिस मानन्धरलाई पहिलो एचपीभी खोप दिइएको छ। मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पहिलोपटक पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एचपीभी खोप शुभारम्भ गरिएको बताए। एचपीभी खोपका लागि मुलुकका सात वटा अस्पताल छानिएको  जनाइएको छ। वागमती प्रदेशमा थापाथलीस्थित प्रसूति गृहलाई छानिएको छ। 

Photos (12)1694591246.jpg

मन्त्री बस्नेतले ७७ वटै जिल्लाका ९ वर्षदेखि १५ वर्षमुनीका किशोरीहरुलाई यो खोप दिइने बताए। मन्त्री बस्नेतका अनुसार सबै किशोरीका लागि पुग्नेगरी खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) सँग कुरा भइरहेको छ। एक वर्षभित्र सबैका लागि एचपीभी खोप आइसक्ने छ। खोप शुभारम्भ कार्यक्रममा परिवार कल्याण महासाखाका निर्देशक डा. विवेककुमार लालले नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरुमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको बताए। लालका अनुसार ९ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने छ। 

स्वास्थ्य सचिव डा.रोशन पोखरेलले ९ देखि १५ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप आवश्यक भएको बताए। उनले एक वर्षभित्रै खोप उपलब्ध गराएर नियमित अभियान सञ्चालन गरिने भनाई राखे। अर्की स्वास्थ्य सचिव देवकुमारी गुरागाईले सबैलाई पुग्ने गरि खोप ल्याउन लागिपरेको बताइन्। 

Mohan B.d Basnet 1694591242.jpg

प्रकाशित मिति: १३:२० बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्