Kathmandu Press

६० किलो सुन प्रकरणमा ५० जना प्रतिवादी, ब्रेक सुमा लुकाएर थप ३०२ किलो सुन ल्याइएको निष्कर्ष

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहँदा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ। अमला माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्षसमेत हुन्।
६० किलो सुन प्रकरणमा ५० जना प्रतिवादी, ब्रेक सुमा लुकाएर थप ३०२ किलो सुन ल्याइएको निष्कर्ष

काठमाडौं, भदौ २७ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ।

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहँदा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ। अमला माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्षसमेत हुन्।

६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ। त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख एवं एआइजी किरण बज्राचार्यले दिएको जानकारीअनुसार ५० जनालाई प्रतिवादी बनाइएकोमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन्। 

सिआइबीले चिनियाँ समूहले ‘ब्रेक सु’बाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष पिन निकालेको छ। अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको जनाइएको छ।

एआइजी बज्राचार्यले भनिन्, ‘ब्रेक प्याडहरुलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ ।’ त्यसअनुसार सिआइबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ।

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्