विद्यालय शिक्षा विधेयक संसदमा दर्ता
यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुले विरोध गरेका थिए।
काठमाडौं, भदौ २७ : विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ।
विधेयक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले बुधबार प्रतिनिधिसभामा दर्ता गराएका हुन्। विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ।
यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुले विरोध गरेका थिए। त्यसपछि सरकारले यसलाई ऐच्छिक बनाएर विधेयक संसदमा लगेको हो।
विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नराख्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ।
हाल अध्यापन गराइरहेका ४४ हजार राहत शिक्षकको मागलाई पनि प्रस्तावित विधेयकले समेटेको छ।
प्रकाशित मिति: ११:१४ बजे, बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











