Kathmandu Press

आज देशभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना 

आज (बुधबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक,दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज देशभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना 

काठमाडौं, भदौ २७ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण, पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

आज (बुधबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक,दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू भागका थोरै स्थानहरुमा र बाँकी भू भागका एक, दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक, दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रकाशित मिति: ०८:२६ बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्