धरान उपमहानगरका उपप्रमुख बेघाको घरमा हतियारसहितको समूहको आक्रमण, भाइमाथि खुकुरी प्रहार
सो समूह घरभित्रै पसेर विष्णुमाथि खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन्। खुकुरीप्रहारबाट विष्णुको देब्रे गालामा चोट लागेको बताइएको छ।
सुनसरी, भदौ २६ : धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा हातहतियारसहितका आएको एक समूहले आक्रमण गरेको छ।
धरान १५ स्थित खोरिया बस्तीमा रहेको बेघाको घरमा हातहतियारसहित आएको समूहले मंगलबार साँझ आक्रमण गरेको हो। सो समूहले समूहले उपप्रमुख बेघाका भाइ विष्णुमाथि खुकुरी प्रहार गरेको छ।
सो समूह घरभित्रै पसेर विष्णुमाथि खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन्। खुकुरीप्रहारबाट विष्णुको देब्रे गालामा चोट लागेको बताइएको छ। विष्णु उपमेयर बेघाका कान्छा भाइ हुन्।
उपप्रमुख बेघाले फेसबुकमा लाइभमार्फत आफ्नो घरमा आक्रमण भएको बताएका छन्। उनले समयै खबर हुँदा पनि प्रहरी ढिलाको पुग्दा भाइमाथि आक्रमण भएको बताएका छन्।
उनले आफूले उपमहानगरपालिकाको कार्यालयबाट घर पुग्दा पनि प्रहरी आइनपुगेको बताएका छन्। उनले प्रहरीले चुस्त सेवा दिन नसकेको बताएका छन्।
प्रकाशित मिति: १९:५८ बजे, मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











