प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित
संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो।
काठमाडौं, भदौ २६ : प्रतिनिधिसभाको बुधबारको बैठक स्थागित भएको छ।
संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो।
संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले सूचना जारी स्थगन भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे तोकेको बताए।
आजका लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगन भएको छ।
प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार