भेरी नदीमा पुरुषको शव भेटियो, सेना र सशस्त्र प्रहरी गोताखोरसहित जाँदै
एक अपरिचित पुरुषको शक स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको जनाइएको छ। स्थानियले खदाङ क्षेत्रमा शव भेटिएको बताएका छन्।
काठमाडौं, भदौ २६ : डोल्पास्थित भेरी नदीमा एकजना पुरुषको शव फेला परेको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित भेरी नदीमा मंगलवार एकजना पुरुषको शव भेटिएको हो।
एक अपरिचित पुरुषको शक स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको जनाइएको छ। स्थानियले खदाङ क्षेत्रमा शव भेटिएको बताएका छन्। शरीरमा कपडा नभएको अवस्थामा शव देखिएको छ।
शव भेटिएको स्थान डोल्पा, जाजरकोट र रुकुमको सीमाक्षेत्रमा पर्दछ । यो क्षेत्र डोल्पा सदरमुकाम दुनैबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिमतर्फ पर्दछ । भेरी नदीमा पुरुषको शव भेटिएपछि सुरक्षा बल खटाइएको छ।
डोल्पा ब्यारेकबाट एक्लै निस्किएर बेपत्ता मेजर गाडी रिजर्भ गरेर त्रिपुरा पुगेर बेपत्ता भएका थिए । तर अहिलेसम्म मृतक व्यक्ति को हुन् भनेर पहिचान भइसकेको छैन। स्थानीयले खबर गरेलगत्तै डीएसपीको प्रहरी पनि खदाङ क्षेत्रतर्फ लागेको छ ।
यस्तै, नेपाली सेनाका दुईवटा टोली पनि त्यसतर्फ लागेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीले भेरीबाट शव निकाल्न अहिले गोताखोरसहितको टोली लिएर त्यसतर्फ जाँदै छन्।
डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स व्यारेकबाट सम्पर्कविहीन बनेका मेजर पण्डित गत भदौ १० गतेदेखि बेपत्ता छन्।











