च्यासल पुगेर देउवाले दिए नेम्वाङलाई श्रद्धाञ्जली

काठमाडौं, भदौ २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
एमालेको पार्टी कार्यालय ललितपुरको च्यासल पुगेर सभापति देउवाले केही समयअघि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
हृदयघातका कारण मंगलवार विहान निधन भएका नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका लागि एमाले मुख्यालय च्यासलमा राखिएको छ।नेम्वाङको शव बुधबार दिउँसोसम्म एमाले मुख्यालय च्यासलमा रहने जनाइएको छ । बिहीबार मात्रै अन्तिम संस्कार हुने छ ।
प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











