Kathmandu Press

नेकपा एसका सल्लाहकार शंकर विश्वकर्माको निधन

५९ वर्षीय विश्वकर्माको गएराति ह्दयघातका कारण निधन भएको नेकपा एसका नेता दिलु पन्तले जानकारी दिइन्।
नेकपा एसका सल्लाहकार शंकर विश्वकर्माको निधन
पार्टी कार्यायल आलोकनगर श्रद्धाञ्जलीका राखिएकाे विश्वकर्माको पार्थिव शरीर।

काठमाडौं, भदौ २६ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ।

५९ वर्षीय विश्वकर्माको गएराति ह्दयघातका कारण निधन भएको नेकपा एसका नेता दिलु पन्तले जानकारी दिइन्।

शौचालय गएर आएपछि सुतेका उनी नचलमलाएपछि अल्का अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउने साथ उनलाई मृत घोषणा गरिएको हो।

रौतहटको गौर स्थायी घर भएका उनी परिवारसहित ललितपुर बस्दै आएका थिए। बिहान ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यायल आलोकनगर राखिएको थियो।

उनको आजै दिउसो पशुपतिमा अन्त्येष्ठि गरिने छ।  मुक्ति संगठनका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माका एक छोरा, छोरी र श्रीमती छन्।

 

प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्