Kathmandu Press

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन, भदौ २६ : पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

चितवनको  इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका  सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए। पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए।

प्रकाशित मिति: १२:४० बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्