Kathmandu Press

मधेश प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन

उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन्।
मधेश प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन

धनुषा, भदौ २६ : जनता समाजवादी पार्टी जसपा केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ। ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो।

उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन्। १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन्।

यादव समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।

प्रकाशित मिति: ११:२० बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्