साहित्कार तथा पत्रकार पराजुलीको निधन
निमोनियाबाट पीडित पराजुलीको आज बिहान ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो।
काठमाडौं, भदाै २६ : साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ।
निमोनियाबाट पीडित पराजुलीको आज बिहान ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो।
उनको दिउँसो २ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।
कोटेश्वरमा जन्मेहुर्केका पराजुलीका एक दर्जन पुस्तक प्रकाशित छन्। ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चश्मा’लगायत दर्जनौं कृति चर्चित छन्।
उनले लामो समय पत्रकारिता गरेका थिए। उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक, आर्थिक दैनिक, क्यापिटललगायका पत्रिका तथा बाह्रखरी लगायतका अनलाइनमा पनि काम गरेका थिए।
प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











