उहाँ हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : ओली
‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो।’
काठमाडौं, भदौ २६ : सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन्।
उनले नेम्वाङ आफ्ना लागि हितैषी मित्र र सुखदुःखको साथी भएको पनि भएको बताएका छन्, आलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो।’
लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्याएको योगदान सधैं सम्झिरहने ओलीले बताएका छन्। ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली!,’ ओलीले लेखेका छन्।
संविधान सभा अध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो।
प्रकाशित मिति: १०:४५ बजे, मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











