Kathmandu Press

नेम्वाङको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । 
नेम्वाङको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं, भदौ २६ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् । 

प्रकाशित मिति: ०८:१४ बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्