Kathmandu Press

नेम्वाङको निधनपछि अस्पताल पुगे नेता, कार्यकर्ता

७१ वर्षीय नेम्वाङको हृदयघातका कारण निधन भएको हो । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि शिक्षण अस्पताल महाराजगंज पुर्‍याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 
नेम्वाङको निधनपछि अस्पताल पुगे नेता, कार्यकर्ता

काठमाडौं, भदौ २६ : नेकपा एमाले उपाध्यक्ष तथा दुवै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । 

७१ वर्षीय नेम्वाङको हृदयघातका कारण निधन भएको हो । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि शिक्षण अस्पताल महाराजगंज पुर्‍याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

अहिले एमालेसहित विभिन्न दलका नेता, कार्यकर्ता तथा आफन्त शिक्षण अस्पताल पुगेका छन् । 

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्