सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोजदेखि
सोमबार मन्त्री ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का बिषयमा छलफलमा पश्चाल संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका हुन्।
काठमाडौं, भदौ २५ : सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ।
संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
सोमबार मन्त्री ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का बिषयमा छलफलमा पश्चाल संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका हुन्।
सडक विभागका महानिर्देशक शुसिलबाबु ढकालले ‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको बताए। अन्य काम सवै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकि छ, त्यो भोली २६ भदौदेखि सुरु गर्छाैं,’ उनले भने ।
विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु हुनेभएको छ।
त्यसैगरी यातायात ब्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ। ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरु तयारी अबस्थामा राखिएको यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।
व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो। करिब ३८ जना क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन्।
विहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएका हुन्। यातायात ब्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का बिषयमा केहि आशंकाहरु उब्जिएका थिए । ‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ’ मन्त्री ज्वालाले भने।
अहिले विहान र साँझ कार्यालयमा ‘द्रुत बस सेवा’ सञ्चालन हुने भएको छ। विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ।











