Kathmandu Press

सुन तस्करी प्रकण : चिनियाँ नागरिकको डेरामा सिआईबीको छापा

सुन ल्याउने गिरोहका मुख्य सदस्य भनिएका चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित डेरामा सोमबार सिआईबीले छापामा मार्दा केही कागजात र सामग्री बरामद गरेको भएको बताइएको छ।
सुन तस्करी प्रकण : चिनियाँ नागरिकको डेरामा सिआईबीको छापा

काठमाडौं, भदौ २५ : विद्युतीय सिगरेट (भेप)भित्र लुकाएर तस्करी गरिएको प्रकरणमा संलग्न एक जना चिनियाँ आरोपीको डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लेले छापा मारेको छ।

सुन ल्याउने गिरोहका मुख्य सदस्य भनिएका चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित डेरामा सोमबार सिआईबीले छापामा मार्दा केही कागजात र सामग्री बरामद गरेको भएको बताइएको छ।

सिआईबीले वाङको डेराबाट एउटा खाली लकर समेत बरामद गरेको थियो। उनले त्यहाँ  सुन वा अन्य कुनै बहुमुल्य वस्तु लुकाउन त्यो लकर कोठामा राखेको अनुमान सिआईबीले गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट ९भेप० बरामद गरेको थियो।

भेप बरामद गरेर गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि ताकेता गरिरहेका थिए भने भेपभित्र सुन रहेको थाहा पाएपछि भन्सारका अधिकृत रेवन्त खड्कासहितको मिलेमतोमा सुन बिक्री गरिएको थियो।

सीआईबीले संगठित अपराधको कसूरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०७० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो।

प्रकाशित मिति: १९:५३ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्