प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चेतावनी– आन्दोलन कसरी गर्नुपर्छ देखाउनु पर्ने हो?
‘धेरै फुरफुर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौ, राष्ट्रवादी शक्तिले देखाउँछ।’
काठमाडौं, भदौ २५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी सरकारलाई दिएका छन्।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए।
‘प्रधानमन्त्रीलाई चुनौती दिन चहान्छु, अब तपाईका आन्दोलन गर्ने दिन गए । जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौं, जनताको काम गर्न सक्नुहुन्न भने घरमा गएर बस्नुस्,’ उनले भने, ‘धेरै फुरफुर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौ, राष्ट्रवादी शक्तिले देखाउँछ।’
ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्राईलाई कारबाही नभए कडा आन्दोलन थाल्ने उनले बताए। उनले नेपाल र भट्टराईलाई पक्राउ नगरे २७ गतेबाट आन्दोलन सुरु गर्ने चेतानवी दिए। उलने भने, ‘यो प्रधानमन्त्रीलाई खुला चुनौती हो । जब नेताहरुको नाम आउँछ त्यो प्रकरण सेलाएर जान्छ, हाम्रो आन्दालन यस्तै भ्रष्टचारका विरुद्धमा हो।’
सांसद शाहीले आफूहरुको आस्थामाथि पटक–पटक खेलबाड भएको भन्दै आक्रोश पोखे । ‘हाम्रो आस्थाको कुरालाई आँच आउँने कुरा गरे अतिवादी नहुुने तर जसले यस्तो काम नगरन् भनेको छ त्यो चाही अतिवादी हो,’ उलनजे भने ‘हाम्रो संस्कृतिलाई प्रभाव पार्ने नै अतिवादी र आतंकवादी पनि हुन् उनीहरुलाई ठिक कसरी गर्ने त्यो हामीलाई थाहा छ।’











