Kathmandu Press

‘सामाजिक सञ्जालमा विकृतिको पक्षपोषण गर्नेहरू निरंकुशताका दलाल हुन्’

उनले गणतन्त्र, धर्मनिरपेक्षता, स्वतन्त्रताका लागि लडेका राजनीतिक दलहरूको पक्षमा जनता रहेको र त्यसको भान पार्नुपर्ने बताएका छन्। दाहालले सामाजिक सद्भाव भत्काउन र व्यवस्था परिवर्तन गर्न चाहनेहरूलाई जवाफ दिनुपर्ने बताए।
‘सामाजिक सञ्जालमा विकृतिको पक्षपोषण गर्नेहरू निरंकुशताका दलाल हुन्’

मोरङ, भदौ २५ : प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा विकृतिको पक्षपोगण गर्नेहरू निरंकुशताका दलाल भएको बताएका छन्।

समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री दाहालले नयाँ शक्तिहरू निरंकुशताको पक्षमा देखिएको भन्दै त्यसलाई चिर्न समाजवादी मोर्चा गठन भएको र यसको लक्ष्य ठूलो भएको बताए।

‘जिन्दगीभरको राजनीति गणतन्त्र, लोकतन्त्र, क्रान्ति, स्वतन्त्रताको निम्ति भनेर लागेका पार्टी रक्षात्मक जस्तो, हिजोअस्ति हावाहुरी भएर आएकाहरू बडो पार्टीजस्तो देखिएका छन्,’ उनले भने ‘सामाजिक सञ्जालमा विकृतिको पक्षपोगण गर्नेहरू राजनीतिक नेताजस्ता भएर गइरहेका छन्, त्यसलाई परिवर्तन गर्नुपर्छ।  त्यस्ता व्यक्तिहरू निरंकुशताका दलाल हुन्।’

आफ्नो जीवन लोकतन्त्र, गणतन्त्र, स्वतन्त्रताका निम्ती लडेका नेता र पार्टीहरू रक्षात्मक हुनेजस्तो परिस्थिति देखिएको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।

उनले गणतन्त्र, धर्मनिरपेक्षता, स्वतन्त्रताका लागि लडेका राजनीतिक दलहरूको पक्षमा जनता रहेको र त्यसको भान पार्नुपर्ने बताएका छन्। दाहालले सामाजिक सद्भाव भत्काउन र व्यवस्था परिवर्तन गर्न चाहनेहरूलाई जवाफ दिनुपर्ने बताएका हुन् ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको पनि विरोध गर्नुपर्ने प्रधानमन्त्री दाहालले बताए। अब बदमासी गर्नेहरूलाई जवाफ दिनुपर्ने पनि दाहालले बताए ।

कोशी प्रदेशबाट व्यवस्थाविरुद्ध आवाज उठ्न लागेको हो कि भन्ने लागेको दाहाल बताए। उनले भने, ‘जहाँ क्रान्ति बलियो हुन्छ, प्रतिक्रान्ति पनि सँगसँगै आइएराख्या हुन्छ । क्रान्तिले सफलता जहाँ प्राप्त गर्छ त्यहीँ प्रतिक्रान्तिले पनि ठाउँ खोजिराख्या हुन्छ । सामन्तवादका विरुद्ध विद्रोहको झन्डा उठाउने झापाको काँकडभिट्टाबाट इतिहासले मिल्काइसकेका राजा महाराजा आएर बोल्ने साहस गरिरहेका छन्।’

उनले यो क्षेत्र धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रताका निम्ति लडेको क्षेत्र भएको बताए।

प्रकाशित मिति: १७:५१ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्