Kathmandu Press

मोर्चा र नेपाली कांग्रेस सहकार्य गरेरै अगाडि बढ्छ : अध्यक्ष यादव

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसलाई साइजमा ल्याउन मोर्चा बनाएको आरोप भ्रम मात्र रहेको भन्दै मोर्चा र नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर जाने बताएका हुन्।
मोर्चा र नेपाली कांग्रेस सहकार्य गरेरै अगाडि बढ्छ : अध्यक्ष यादव

काठमाडौं, भदाै २५ : जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा र गठबन्धनमा रहेको नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसलाई साइजमा ल्याउन मोर्चा बनाएको आरोप भ्रम मात्र रहेको भन्दै मोर्चा र नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर जाने बताएका हुन्।
 
उनले भने, ‘यो मोर्चा कांग्रेसलाई साइजमा ल्याउन गरिएको हो भन्ने कुरा भ्रम हो। कांग्रेसका शीर्ष नेताको सल्लाह, सहमति र सहयोगमा नै सहकार्य हुँदै यो मोर्चा बनेको हो। यो मोर्चाले गठबन्धनमा नेपाली कांग्रेससँग सहकार्य गर्दै अगाडि बढ्नकै लागि हो। त्यसैले भ्रमले साथीहरू तर्सिनु भएको भए मुक्त हुनु होला। गठबन्धन र मोर्चा एकअर्काका सहयोगी नै हुन्।’
  
अध्यक्ष यादवले संविधानमा सरकार गठनसम्बन्धी विभिन्न विकल्प राख्नु नै त्रुटिपूर्ण भएको टिप्पणी गरे। उनले सरकार गठनसम्बन्धी व्यवस्था संविधानमै त्रुटिपूर्ण रहेकाले कोशी प्रदेशमा समस्या पैदा भएको बताए।
 
उनले भने, ‘संसदीय व्यवस्थामा बहुमत, दुई तिहाइ नजिक भएका दलहरू गठबन्धनहरू त धराशायी भए। यो त झिनो मतले अगाडि पछाडि हुने हो। सिस्टममै दोष छ। संवैधानिक व्यवस्थाको संरचनामा पुनर्विचार गर्नुपर्छ, संसदीय व्यवस्था भनेको बहुमत रहेसम्म सरकार बनाउने र नरहँदा हट्ने प्रावधान राख्नुपर्छ। संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण छ।’
 
प्रकाशित मिति: १६:२९ बजे, सोमबार, भदौ २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्